नेपाल टेलिकमले आफ्ना सेवाहरुको शुल्क कटौती गर्ने भएको छ । | सामाजिक युथ क्लब
Image and video hosting by TinyPic

Suman Dangol Website Update :–Suman Dangol

नेपाल टेलिकमले आफ्ना सेवाहरुको शुल्क कटौती गर्ने भएको छ ।


भदौ २८-नेपाल टेलिकमले आफ्ना सेवाहरुको शुल्क कटौतीको गर्ने निर्णय गरेको छ । आगामी असोज १ गतेदेखि लागु हुने गरी शुल्क कटौती गर्ने निर्णय भएको टेलिकम प्रवक्ता सुरेन्द्रप्रसाद थिकेले बताउनुभयो । जस अनुसार सिडिएमए स्काइफोन सेवाको ग्राहक शुल्क परिमार्जन गरी रु ६०० /- कायम गररिएको छ । यसमा सेवाको टक भ्यालु रु ५०० /- बराबरको हुनेछ । यसअघि सिडिएमए स्काइफोन सेवाको टक भ्यालु रु ५०० / - बराबर र ग्राहक शुल्क रु १ हजार १३५ थियो । कम्पनीको आधारभुत टेलिफोन सेवा -पिएसटिएन, सिडिएमए फिक्सड् र भिएसएटी) बाट अर्को अञ्चलमा रहेको कम्पनीकै मोबाइल सेवाहरु जिएसएम र सिडिएम) मा कल गर्दा लाग्ने विद्यमान दरलाई परिमार्जन गरी प्रति मिनेट रु १ /- र कर बाहेक) कायम गरिएको छ ।
यसअघि यो दर रु २ /- रहेको थियो ।
यो व्यवस्थाबाट पिएसटिएन, सिडिएमए फिक्सड् र भिएसएटीबाट कम्पनीको मोबाइल नेटवर्कमा कल गर्दा मुलुकभर एउटै महसुल कायम हुने प्रवक्ता सुरेन्द्रप्रसाद थिकेले बताउनुभयो ।
कम्पनीको आधारभूत टेलिफोन सेवाबाट अर्को अञ्चलमा रहेको कम्पनीकै पिएसटिएन, सिडिएमए फिक्सड् र भिएसएटी सेवामा कल गर्दा लाग्ने विद्यमान महसुल दरलाई व्यावसायिक प्रवर्द्धनका लागि परिमार्जन गरी आइतबारदेखि शुक्रबारसम्म विजिनेस आवरमा -बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म) प्रतिमिनेट रु.१.५० पैसा कायम गरिएको छ । यससघि यो दर रु २ /- थियो । आधारभूत टेलिफोन सेवाको २०६७ असार मसान्तसम्मको वक्यौता महसुल आगामी मङ्सिर मसान्तसम्ममा बुझाएमा सोमा लाग्ने सम्पूर्ण जरिवाना मिनाहा गर्ने व्यवस्था गरिएको छ । व्यावसायिक प्रवर्द्धनका लागि कम्पनीको नेटवर्कबाट जिपिआरएस/पिएसडिएन/इभिडिओ/थि्रजी डाटा सेवाको महसुल दर १० /- पैसा प्रति १०० के.बी -कर बाहेक) यही भदौ २३ गतेदेखि नै लागु गरिसकिएको छ । यसअघि उक्त दर १५ पैसा रहेको थियो ।........

No comments:

Post a Comment

तपाईहरु लाई सहयोग गर्नु नै हाम्रो लक्ष्य हो । सामाजिक युथ क्लब हाम्रो ठेगाना बिराटनगर देवकोटा चोक । फोन नम्बर := ९७४२०३३३७७ / ९८१४३६२५६७ सहयोग को लागि सधै हामी लाई सम्झनु होश । हामी तपाईहरु को सहयोग को लागि सधै तयार रहन्छौ !!! धन्यवाद !!! यो वेबसाईट को मार्फत बाट अपाङ्ग,बहीरा, दलित,पिछीडीए का बर्गहरु लाई समान र सयहोग पुराउने उदेश्यले खोलेको वेबसाईट हो। यो वेबसाईट को मार्फत बाट अपाङ्ग,बहीरा, दलित,पिछीडीए का बर्गहरु लाई समान र सयहोग पुराउने उदेश्यले खोलेको वेबसाईट हो । सयहोग को लागि हामीलाई संपर्क गर्नुहोश हाम्रो संपर्क ठेगाना बिराटनगर देवकोटा चोक । फोन नम्बर :=९७४२०३३३७७ सहयोग को लागि !!! धन्यवाद !!!..