अपांगको आम्दानी १६ लाख | सामाजिक युथ क्लब
Image and video hosting by TinyPic

Suman Dangol Website Update :–Suman Dangol

अपांगको आम्दानी १६ लाख

अपांगको आम्दानी १६ लाख

 कास्की, आश्विन १० यहाँका एक अपांगता भएका व्यक्तिले व्यवसाय गरेर बर्सेनि लाखौं आम्दानी गर्दै आएका छन् । हेम्जा-६ सुई खेतका ४० वषर्ीय शेहरबहादुर थापाले पशुपालन र तरकारी खेतीबाट वाषिर्क १६ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् । थोरै लगानीमा यति धेरै आम्दानी हुँदा थापा दंग छन् । ६ रोपनी जग्गामा उनले गोलभेंडा, काँक्रोलगायत बेमौसमी तरकारी लगाउँछन् । वाषिर्क रूपमा तरकारीबाट ४ लाख, बंगुर पालनपालन ७ लाख,  र कुखुरा पालनबाट ५ लाख रुपैयाँ आम्दानी गर्दै आएको थापाले बताए । उनको खोरमा ३० वटा उन्नत जातका बंगुर र १ हजार १ सय कुखुरा छन् । सुरुमा २ हजार ५ सयमा किनेको बंगुरको पाठो ४५ हजार रुपैयाँसम्ममा बेचेको उनले बताए । ‘अरूभन्दा बंगुर पालनमा राम्रो आम्दानी छ,’ उनले भने ।
व्यवसाय गरेर कमाएको आम्दानीले उनले २५ लाख खर्चेर पक्की घर बनाएका छन् । उनको मिहनेत देखेर छिमेकीसमेत दंग पर्छन् । खुट्टाले राम्रोसँग नटेक्दा उनी घस्रेर हिँडछन् । १२ वर्षअघि मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका उनले उपचारका क्रममा ५ वर्ष अस्पतालमै बिताएका थिए । त्यतिखेर उनले आम्दानीको स्रोत नहुदाँ जग्गा बेचेर उपचार गराएको बताए । उपचारमा १५ लाखभन्दा बढी खर्च भएको थियो । ‘घर फर्केपछि केही गर्ने आँट गरें,’ उनले भने,’ अनि बैसाखी टेकेर व्यवसायमा होमिएँ ।’ सुरुमा गोलभेडा खेतीबारे जानकारी लिन उनी पाल्पाको मदनपोखरा तालिम लिन पुगे । त्यहाँ सिकेको सीपलाई उनले आफ्नै बारीमा प्रयोगमा ल्याए । अपांग जीवनलाई सहज तुल्याउन उनी सात वर्षदेखि तरकारी खेती र पशुपालनमा छन् ।  ‘एउटा व्यवसायमा राम्रो नभए अर्कोले सहयोग गर्ने हुनाले व्यवसाय विविधीकरण गरेको हुँ,’ थापाले भने, ‘तरकारीमा नोक्सान भए पशुपालनले उकास्छ ।’

No comments:

Post a Comment

तपाईहरु लाई सहयोग गर्नु नै हाम्रो लक्ष्य हो । सामाजिक युथ क्लब हाम्रो ठेगाना बिराटनगर देवकोटा चोक । फोन नम्बर := ९७४२०३३३७७ / ९८१४३६२५६७ सहयोग को लागि सधै हामी लाई सम्झनु होश । हामी तपाईहरु को सहयोग को लागि सधै तयार रहन्छौ !!! धन्यवाद !!! यो वेबसाईट को मार्फत बाट अपाङ्ग,बहीरा, दलित,पिछीडीए का बर्गहरु लाई समान र सयहोग पुराउने उदेश्यले खोलेको वेबसाईट हो। यो वेबसाईट को मार्फत बाट अपाङ्ग,बहीरा, दलित,पिछीडीए का बर्गहरु लाई समान र सयहोग पुराउने उदेश्यले खोलेको वेबसाईट हो । सयहोग को लागि हामीलाई संपर्क गर्नुहोश हाम्रो संपर्क ठेगाना बिराटनगर देवकोटा चोक । फोन नम्बर :=९७४२०३३३७७ सहयोग को लागि !!! धन्यवाद !!!..