एकै छिन हास्नु होश काम त फेरी पनि हुन्छ होइन र ? | सामाजिक युथ क्लब
Image and video hosting by TinyPic

Suman Dangol Website Update :–Suman Dangol

एकै छिन हास्नु होश काम त फेरी पनि हुन्छ होइन र ?


चुरोट भनेको के हो ?
------------------------
चुरोट त्यस्तो कुरा हो,
जसको एक छेउमा धुवा निस्केको हुन्छ
र अर्को छेउमा एउटा मुर्ख उभिरहेको हुन्छ ।

-------------------------

एउटा टुरिस्ट नेपाल भ्रमण गर्न आएछ , उसले एउटा नेपाली गाईड राखेछ र घुम्न गएछ ।
उनिहरु घण्टाघर नजिक पुगेछ र टुरिस्टले गाईडलाई सोधेछ

” यो घण्टाघर बनाउन कती समय लाग्यो ?”

गाईड : ५ बर्ष

टुरिस्ट : नेपालीहरु त साह्रै अल्छि रहेछन , हाम्रोमा भए त यो २ बर्षमा बन्ने थियो ।

रानीपोखरी देखे पछि फेरी टुरिस्ट : यो पोखरी बनाउन कती समय लागेको थियो नि ?

गाईड : यो त १ बर्ष मै बनाइ सकिएको थियो ।

टुरिस्ट : तिमीहरु साह्रै अल्छि रहेछौ हाम्रोमा भए त यो ५ महिनामा बन्ने थियो ।

घुम्दा घुम्दै उनिहरु धरहरा नजिक पुगेछन

टुरिस्ट : यो धरहरा बनाउन कती समय लागेको थियो नि

गाईड : खै थाहा भएन, हिजो सम्म त यो यहाँ थिएन

-------------------------

बाबु आमा र छोरा बजार घुमने क्रममा छोरालाई आईस्क्रिम किनीदिएछ

र छोराले त्‍यो आईस्क्रिम खानै नपाई खसेछ

छिटो-छिटो टिप्‍नखोज्‍दा आमा चाहीले भनेछ :
“छि खसेको चिजलाई नटिप म अर्कै किनिदीउला”

अनि एकछिनपछी हिड्‍दा हिड्‍दै बाबु चाही लडेछ

हत्‍त पत्‍त आमाले उठाउन खोज्‍दा छोराले भनेछ
“खसेको चिजलाई नउठानुस आमा म अर्कै बुबा खोजिदिउला ।

-------------------------

प्रेमीका – तिमी बिहे पछि चुरोट पिउन छोड्छौ ?

प्रेमी – किन नछोड्नु अवश्य पनि छोड्छु ।

प्रेमीका – रक्सी र तास नि !

प्रेमी – त्यो पनि छोड्छु ।

प्रेमीका – बिहे अघि चाँहि के के छोड्ने विचार गरेको छौ नि !

प्रेमी – तिमीलाई !

-------------------------

एउटा कन्जुस बजारमा अन्डरवयर किन्न गएछ ।
कन्जुस : साहुजी , मलाई एउटा अन्डरवयर देखाउनुस त
साहुजी : ल यो लिनुहोस् राम्रो छ
कन्जुस : कती पर्छ यसको ?
साहुजी : ५००
कन्जुस : ओ साहुजी , सधैं लगाउने खालको देखाउनुहोस् , पार्टी जादा लागाउने खालको होइन ।


-------------------------

स्वास्नी : हिजो तपाईं धेरै पिउनु भएर ढल तिर लड्नु भएको थियो ,
यसरी पनि पिउनु हुन्छ ?
लोग्ने : के गर्नु सबै गलत संगतको असर हो ,
४ जना साथी १ बोटल रक्सी , ३ नै जना बेवकुफहरु रक्सी नखाने परे त्यसैले धेर भयो ।

-------------------------

लोग्ने : तिमीसँग बिहे गरेर मलाई एकदम फाईदा भएको छ ।
स्वास्नी  खुशी हुँदै  हो र कसरी नि ?
लोग्ने : मलाई मैले गरेको पाप को सजाए म जिउदो हुँदै पाई रहेको छु नि त ।
पुलिश  डाँकालाई  भोली बिहान ५ बजे तिमीलाई फासी दिईनेछ ।
डाँका : हा हा हा
पुलिश : ओए किन हाँस्दै छस ?
डाँका : किन भने म त बिहान ८ बजे सम्म सुतिरहेको हुन्छु ।

-------------------------

शिक्षक : चोरिको फल एकदम नराम्रो हुन्छ त्यसैले कहिले पनि चोरी नगर्नुरामले बिचमै उठेर भन्यो
तर सर हिजो मैले एउटा स्याउ चोरेर खाएको थिए त्यो त एकदम मिठो थियो त ।
रामलाई उसको साथीले सोध्यो , तिमीलाई थाहा छ A/C चलाऊदा कोठाको झ्याल र ढोकाहरु किन बन्द गरिन्छ ?
राम : किन थाहा नहुनु , बाहिरको मान्छेहरुले A/C को आनन्द नलिउन भनेर नि ।

-------------------------

शिक्षिका(रामलाई): भन त आज तिमीले के राम्रो काम गरेउ ?
राम : मिस हामी ४ जना मिलेर आज एउटा बुढी महिलालाई सडक पार गरायौं
शिक्षिका : ओहो यो त साह्रै रामो काम गरेउ त तिमीहरुले तर एउटा महिलालाई सडक पार गराउन ४ जना किन नि ?
राम : किनभने त्यो महिला सडक पार गर्न चाहीरहेको थिईन नि तश्याम : राम तिमीलाई पौडी खेल्न आउछ ?
राम : अहँ आउँदैनश्याम ( खिसी उडाउदै ): तिमी जत्रो त कुकुरले पनि पौडी खेल्न जाँन्दछ ।
राम : तिमीलाई पौडी खेल्न आउछ त ?
श्याम ( गमक्क फुल्दै ): आउछराम : त्यसो भए तिमी र कुकुरमा के फरक भयो त ?

-------------------------

No comments:

Post a Comment

तपाईहरु लाई सहयोग गर्नु नै हाम्रो लक्ष्य हो । सामाजिक युथ क्लब हाम्रो ठेगाना बिराटनगर देवकोटा चोक । फोन नम्बर := ९७४२०३३३७७ / ९८१४३६२५६७ सहयोग को लागि सधै हामी लाई सम्झनु होश । हामी तपाईहरु को सहयोग को लागि सधै तयार रहन्छौ !!! धन्यवाद !!! यो वेबसाईट को मार्फत बाट अपाङ्ग,बहीरा, दलित,पिछीडीए का बर्गहरु लाई समान र सयहोग पुराउने उदेश्यले खोलेको वेबसाईट हो। यो वेबसाईट को मार्फत बाट अपाङ्ग,बहीरा, दलित,पिछीडीए का बर्गहरु लाई समान र सयहोग पुराउने उदेश्यले खोलेको वेबसाईट हो । सयहोग को लागि हामीलाई संपर्क गर्नुहोश हाम्रो संपर्क ठेगाना बिराटनगर देवकोटा चोक । फोन नम्बर :=९७४२०३३३७७ सहयोग को लागि !!! धन्यवाद !!!..