दृष्टिविहीन विद्यार्थी समस्यामा | सामाजिक युथ क्लब
Image and video hosting by TinyPic

Suman Dangol Website Update :–Suman Dangol

दृष्टिविहीन विद्यार्थी समस्यामा

दृष्टिविहीन विद्यार्थी समस्यामा


दुर्गाप्रसाद शर्मा, (शालिजा, पर्वत), समयमा रकम निकासा नहुँदा यहाँ स्थित एक बिद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थी समस्यामा परेका छन।
शालिजा उच्च माविमा दृष्टिविहीन विद्यार्थीका लागि संचालित विशेष कक्षामा अध्यनरत विद्यार्थीका लागि सरकारले समयमा रकम निकासा नदिँदा समस्यामा परेका हुन्। विद्यार्थीका लागि दिइने अनुदान रकम निकासा भएको छैन। दृष्टिविहीन विद्यार्थीका लागि आउने अनुदान रकम १ लाख ५० हजार विद्यालयमा आउन बाँकी छ तर साउनदेखि जम्मा ५० हजार मात्र निकासा भएको छ। यसले गर्दा विद्यार्थीका लागि खान बस्न र शैक्षिक सामग्री वितरणमा समस्या भएको स्रोत शिक्षक पूर्णहरि रेग्मीले बताए। विद्यार्थीका लागि खानपान र अरु सामग्री किन्नका लागि समस्या भएको छ’ -उनले भने। शालिजा उच्च माविमा साचालित दृष्टिविहीन कक्षा जिल्लामा साचालित एक मात्र दृष्टिविहीन कक्षा हो। यहाँ पर्वत बागलुङ र गुल्मीका गरी १० जना दृष्टिविहीन बिद्यार्थी अध्ययन गर्दै आएका छन्। उनीहरुलाई खाने बस्ने लुगाफाटा र शैक्षिक सामग्री विद्यालयले नै उपलब्ध गराउँदै आएको छ। तर समयमा रकम निकासा नहुँदा ऋण खोजेर विद्यार्थीका लागि रकमको जोहो गर्नुपर्ने बाध्यता रहेको छ। यी विद्यार्थीका लागि मासिक १ हजार ४ सयका दरमा १० महिनाको रकम निकासा हुँदै आएको छ। सरकारले दिने रकमसमेत विद्यार्थीका लागि अपुग हुने गरेको विद्यालयका प्राचार्य कृष्णप्रसाद पराजुली बताउँछन। सरकारले दिने रकमले बिहान-बेलुका खुवाउने रकमसमेत अपुग हुन्छ -उनले भने।
विद्यार्थीलाई छात्राबासमा ओढ्ने ओछ्याउने लगाउने लुगाफाटा परिवारले व्यवस्था गर्नुपर्ने भए पनि अभिभावकको न्यून आर्थिक अवस्था भएकाले विद्यालयले नै अन्य स्रोतबाट खर्च जुटाउँदै आएको छ। दृष्टिविहीन विद्यार्थीका लागि ब्रेललिपीका सामग्री किन्न झनै समस्या भएको छ। प्लान नेपालले गत वर्ष शैक्षिक सामग्री सहयोग गरेका कारण राहत मिलेको प्राचार्य पराजुलीले बताए। दृष्टिविहीन विद्यार्थीको स्याहार-सुसार गर्ने आयालाई समेत मासिक ३ हजार मात्र तलब दिइँदै आएको छ। न्यून रकम भएकाले आयलाई काम गराउन पनि कठिन भएकाले तलबमा पुनर्विचार गर्नुपर्ने उनले सुझाव दिए। यो विद्यालयमा माध्यमिक र प्राथमिक तहमा एक एक जना दृष्टिविहीन शिक्षकसमेत कार्यरत छन्। सरकारले दिएको राहत दरबन्दीमा उनीहरुलाई राखिएको छ। जिल्लाको दुर्गम गाविसमा रहेको विद्यालयमा स्रोत शिक्षा राखिए पनि भवनको समेत अभाब छ। छात्रावास भवनको अभावमा कक्षा कोठा र छात्रावाससँगै संचालन गर्नुपर्ने बाध्यता छ। दुईवटा कक्षाकोठा बनाउन सके भवनको समस्या हल हुन्छ -प्राचार्य पराजुलीले बताए।

No comments:

Post a Comment

तपाईहरु लाई सहयोग गर्नु नै हाम्रो लक्ष्य हो । सामाजिक युथ क्लब हाम्रो ठेगाना बिराटनगर देवकोटा चोक । फोन नम्बर := ९७४२०३३३७७ / ९८१४३६२५६७ सहयोग को लागि सधै हामी लाई सम्झनु होश । हामी तपाईहरु को सहयोग को लागि सधै तयार रहन्छौ !!! धन्यवाद !!! यो वेबसाईट को मार्फत बाट अपाङ्ग,बहीरा, दलित,पिछीडीए का बर्गहरु लाई समान र सयहोग पुराउने उदेश्यले खोलेको वेबसाईट हो। यो वेबसाईट को मार्फत बाट अपाङ्ग,बहीरा, दलित,पिछीडीए का बर्गहरु लाई समान र सयहोग पुराउने उदेश्यले खोलेको वेबसाईट हो । सयहोग को लागि हामीलाई संपर्क गर्नुहोश हाम्रो संपर्क ठेगाना बिराटनगर देवकोटा चोक । फोन नम्बर :=९७४२०३३३७७ सहयोग को लागि !!! धन्यवाद !!!..