सहमतिको सरकार गठन हुने सम्भावना कमै चानास छ | सामाजिक युथ क्लब
Image and video hosting by TinyPic

Suman Dangol Website Update :–Suman Dangol

सहमतिको सरकार गठन हुने सम्भावना कमै चानास छ

एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सहमतिको सरकार गठन हुने सम्भावना न्युन भएको बताएका छन्। सात दिनसम्म सहमतिका लागि गरिएको प्रयासमा कुनै प्रगति नभएको औंल्याउँदै दाहालले त्यस्तो सहमतिको सरकार निर्माणको सम्भावना कम भएको बताएका हुन्। नेवाः स्वायत्त राज्य मंकाः संघर्ष समितिले आइतबार ललितपुरमा आयोजित कार्यक्रममा दाहालले थप भएको तीन दिनमा सहमतिको लागि प्रयत्न गर्ने बताए। 'दुःखका साथ भन्नु पर्दा सरकार निर्माणका लागि तीन दिन म्याद थप गर्ने राष्ट्रिय सहमति त भयो। राष्ट्रिय सहमतिको सरकार निर्माणमा सहमति भएन', उनले भने। अध्याँरोमा सधै उज्यालो हेर्ने बानी आफूमा रहेकाले थप तीन दिनभित्र सहमतिका लागि अन्तिमसम्म प्रयास गर्ने उनले बताए। 'सात दिन सहमतिका लागि घनिभूत प्रयास गरियो। यसबाट तीन दिनभित्र सहमतिको सम्भावना कम छ', दाहालले भने- 'मेरो सधै उज्यालो हेर्ने बानी छ। तीन दिनभित्र सहमतिको अधिकतम प्रयास गरिन्छ आशा गरौं। सहमतिको पाँच बुँदालाई अनुगमन गर्न समिति बन्दा समेत केही हुन नसकेको उनले बताए। अनुगमन समिति बन्दा समेत नेतृत्व तहबाट कुनै बोध नभएको उनले बताए। 'सहमतिका लागि भएको सात दिनसम्मको प्रयासमा कुनै महत्व दिइएन', उनले भने। शान्ति प्रक्रिया टुंग्याउने जिम्मेवार सबै माओवादीको मात्रै हो भनेर अन्य दल पन्छिने काम गलत भएको उनले बताए। 'शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने जिम्मेवारी माओवादीको मात्रै हो भन्ने बिल्कुल गलत हो', उनले भने- 'विस्तृत शान्ति सम्झौता कार्यन्वयन अन्य दलले नगर्ने? माओवादी अलि बढि जिम्मेवार हुनु स्वभाविक हो। सेना समायोजनका लागि शिक्षा, उमेर, पुनवर्गीकरण लगायतमा सहमति भइसकेको उनले बताए। 'दुबै पक्षका बिज्ञहरू राखेर दर्जा मिलान गर्ने भनिएकै छ। जहाँसम्म सुरक्षा निकायमा जाने भन्ने कुरा छ, त्यसमा उनीहरूको शारिरीक तन्दुरुस्ती, उचाई, तौल सबैमा फिट हुनुपर्छ भन्नेमा सहमत छौं', दाहालले भने। सेना समायोजन प्रक्रिया बारे लडाकुका नेतृत्व गरिरहेका केही केन्द्रीय स्तरका नेताहरूलाई सेनाबाट अलग बनाउने उनले बताए। 'केही केन्द्रीय स्तरका नेताहरू कमाण्डर छन्। उनीहरूलाई राजनीतिक प्रक्रियामा लिन तयार छौं', उनले भने। कार्यक्रममा कांग्रेस उप-सभापति रामचन्द्र पौडेलले सहमतिको प्रयास जारी राख्न तीन दिन म्याद थप गरेको बताए। नेपाल सबै जात/जाति, धर्म, समुदायको भएकाले धर्म निरपेक्ष घोषणा गरेको बताए। पौडेलले शान्ति प्रक्रिया र सरकार निर्माण बारे केही बोलेनन्। एमालेका उपाध्यक्ष बामदेब गौतमले संविधान सभालाई बचाउनु पर्ने बताए। संविधान सभा गए लोकतान्त्रिक संघीय गणतन्त्र संस्थागत गर्न नसकिने उनले बताए। 'सहमतिका लागि शान्ति प्रक्रिया कहाँ पुगेको छ।

No comments:

Post a Comment

तपाईहरु लाई सहयोग गर्नु नै हाम्रो लक्ष्य हो । सामाजिक युथ क्लब हाम्रो ठेगाना बिराटनगर देवकोटा चोक । फोन नम्बर := ९७४२०३३३७७ / ९८१४३६२५६७ सहयोग को लागि सधै हामी लाई सम्झनु होश । हामी तपाईहरु को सहयोग को लागि सधै तयार रहन्छौ !!! धन्यवाद !!! यो वेबसाईट को मार्फत बाट अपाङ्ग,बहीरा, दलित,पिछीडीए का बर्गहरु लाई समान र सयहोग पुराउने उदेश्यले खोलेको वेबसाईट हो। यो वेबसाईट को मार्फत बाट अपाङ्ग,बहीरा, दलित,पिछीडीए का बर्गहरु लाई समान र सयहोग पुराउने उदेश्यले खोलेको वेबसाईट हो । सयहोग को लागि हामीलाई संपर्क गर्नुहोश हाम्रो संपर्क ठेगाना बिराटनगर देवकोटा चोक । फोन नम्बर :=९७४२०३३३७७ सहयोग को लागि !!! धन्यवाद !!!..